काठमाडौं – नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यान द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट बीपीए अवार्ड–२०२५ अन्तर्गत बैंकले निजी क्षेत्रका बैंकमध्ये लगातार तेस्रो वर्ष गोल्ड अवार्ड प्राप्त गरेको छ।


ADVERTISEMENT


यसै वर्ष पहिलोपटक समावेश गरिएका कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्डमा पनि नबिल बैंकले सर्टिफिकेट अफ मेरिट हासिल गरेको छ। यससँगै नबिल बैंक एकै वर्ष तीन विधामा सम्मानित हुने बैंक बनेको छ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा दिगोपनलाई उच्च प्राथमिकताका साथ समेटिएको छ। यही उत्कृष्ट अभ्यासका आधारमा बैंकले यी प्रतिष्ठित सम्मान प्राप्त गरेको हो।

नबिल बैंकले यी अवार्डले अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रतिवेदन, पारदर्शिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। आगामी दिनमा पनि सरोकारवालालाई गुणस्तरीय, विश्वसनीय र समयानुकूल वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट बैंकिङ अभ्यासलाई निरन्तरता दिने बैंकको प्रतिबद्धता रहेको छ।