काठमाडौं-  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले लामो संघर्ष र त्यागबाट प्राप्त नेपालको संविधानको भविष्यप्रति प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपाल को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा संघीयता र राष्ट्रियसभाको औचित्यमाथि विभिन्न कोणबाट बहस भइरहेका बेला संविधानको भविष्यप्रति नै प्रश्न उठ्न थालेको उल्लेख गरे।


ADVERTISEMENT

# # #


उनले लामो राजनीतिक संघर्ष र जनताको योगदानबाट बनेको संविधानमाथि कतैबाट आक्रमण गर्ने प्रयास भए त्यसको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अध्यक्ष दाहालले मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका पुराना नेताहरूले संयमता, सहमति र सही मार्गदर्शनका साथ राष्ट्रिय मुद्दामा रचनात्मक बहस गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

दाहालले वर्तमान संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र आकांक्षाको दस्तावेज भएकाले यसको संरक्षण, कार्यान्वयन र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।