काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


ADVERTISEMENT


बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने समक्ष नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। शपथग्रहणसँगै सभापति लामिछानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र पनि वितरण गरे।


ADVERTISEMENT

# # #


प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिसहित दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री तथा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो।

यसअघि सभापति रवि लामिछानेले भने पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि १२ गतेसम्म भरतपुर मा सम्पन्न भएको थियो। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले अब पार्टीको आगामी संगठन विस्तार, नीति निर्माण तथा राजनीतिक गतिविधिलाई अघि बढाउने जिम्मेवारी औपचारिक रूपमा सम्हालेको छ।