काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ग्रिन टेबल कार्यक्रममा सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक कुरा भएको भन्दै अहिले शिक्षामा दलीयकरण हुनु ठूलो समस्या भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक वा शिक्षकहरूको योग्यता भन्दा पनि आफ्नो मान्छेलाई राख्नुपर्छ भन्ने मान्यता गाउँ–गाउँमा व्याप्त रहेको उल्लेख गरे ।

शिक्षा क्षेत्रमा राम्रा भन्दा आफ्ना मान्छे भर्ति गर्ने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको उनको भनाइ छ । सभापति थापाले शिक्षकहरुले विद्यालयमा आफ्नो जिम्मेवारी पुरा गर्नुका साथै समुन्नत नेपाल निर्माणका लागि अझ धेरै योगदान दिनुपर्ने धारणा राखे ।