ललितपुर-  गोदावरी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा नवनियुक्त प्रधानाध्यापक रमेश कुमार सिलवाललाई स्वागत तथा अवकाशप्राप्त प्रधानाध्यापक प्रकाश कुमार गोदारलाई सम्मानपूर्वक बिदाइ गर्ने कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, लेले प्रहरी चौकीका इञ्चार्ज, लेले प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


अवकाशप्राप्त प्रधानाध्यापक प्रकाश कुमार गोदारले २०७३ सालदेखि विद्यालयको नेतृत्व सम्हाल्दै शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, अनुशासन र व्यवस्थापनमा पुर्‍याएको योगदानको कार्यक्रममा प्रशंसा गरिएको छ।

कार्यक्रममा गोदावरी–५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन सिलवालले गोदारको इमान्दार, कर्तव्यनिष्ठ र समर्पित नेतृत्वको प्रशंसा गर्दै अब विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन सबै पक्षबीच समन्वय र टिमवर्क आवश्यक रहेको बताएका छन्। उनले शिक्षकहरूलाई विद्यालयको हित र वडाको गरिमा कायम राख्ने गरी जिम्मेवारीपूर्वक काम गर्न पनि आग्रह गरेका छन्।

प्रमुख अतिथि उपप्रमुख अधिकारीले नवनियुक्त प्रधानाध्यापक रमेश कुमार सिलवाललाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको शैक्षिक उन्नयनका लागि समर्पित भएर काम गर्न आग्रह गरेका छन्। साथै, अवकाशप्राप्त प्रधानाध्यापक गोदारको विद्यालयप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै उनप्रति कृतज्ञता व्यक्त गरेका छन्।

कार्यक्रममा अवकाशप्राप्त प्रधानाध्यापक गोदारलाई सम्मान गरिएको छभने नवनियुक्त प्रधानाध्यापक सिलवाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गरिएको छ ।