काठमाडौं – सभामुखको कार्यशैलीमाथि नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रश्न उठाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए। बोल्ने क्रममा राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्नरु’ भन्दै प्रश्न उठाएपछि सभामुख अर्यालले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माइक्रोफोन बन्द गरिदिएका थिए।


ADVERTISEMENT

# # #


सभामुख अर्यालले सांसदलाई संसदीय मर्यादा कायम राखेर बोल्न आग्रह गर्दै त्यसरी अभिव्यक्ति दिए बोल्न समय दिन नसकिने बताएका थिए। त्यसपछि उनले अर्का सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरू उठेर विरोध जनाएका थिए।

विवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ज्वाला सङ्ग्रौलाले नियमापत्ति गर्दै सभामुखविरुद्ध गरिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

त्यसपछि पुनः बोल्न पाएका एमाले सांसद राईले सभामुखले ‘पाँच वर्षसम्म सदन सञ्चालन गर्न नसक्ने’ टिप्पणी गरे त्यसलगत्तै सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।