काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको तेस्रो दिनको बैठकमा पार्टी एकता, क्रियाशील सदस्यताको विवाद समाधान र नियमित महाधिवेशनको तयारीलाई प्राथमिकतामा राख्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।


ADVERTISEMENT


बैठकमा केन्द्रीय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापतिलगायत विभिन्न तहका नेताहरूले आफ्ना धारणा राखेका थिए। संस्थापन इतर समूहका नेता मीन विश्वकर्माका अनुसार अधिकांश सहभागीले पार्टी एकतालाई पहिलो प्राथमिकता दिँदै क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया सहमतिका आधारमा टुंग्याएर नियमित महाधिवेशनको बाटो खोल्नुपर्ने धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


विश्वकर्माले सहमति हुन नसके वैकल्पिक विकल्पबारे पनि छलफल गर्नुपर्ने आवाज बैठकमा उठेको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका आन्तरिक विषयसँगै मुलुकको लोकतान्त्रिक प्रणाली, विधिको शासन, संवैधानिक निकायहरूको स्वतन्त्रता तथा संसद्को भूमिकामाथि देखिएका चुनौतीबारे पनि गम्भीर छलफल भएको छ।