काठमाडौं- राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्त, शुभेच्छुक र युवाले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।


ADVERTISEMENT


शुक्रबार बिहान वीर अस्पतालले गणेश नेपालीको निधन भएको घोषणा गरेपछि अस्पताल परिसरमा भेला भएका प्रदर्शनकारीहरूले ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युका लागि राज्य जिम्मेवार रहेको आरोप लगाउँदै अस्पतालले निधनको जानकारी ढिलो दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

गणेश नेपालीका आफन्तले राज्यको व्यवहारका कारण उनी आत्मदाह गर्न बाध्य भएको दाबी गर्दै सरकारले परिवारको उचित सम्बोधन र जिम्मेवारी नलिएसम्म शव नबुझ्ने अडानसमेत लिएका छन्।

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका क्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ।