काठमाडौं – रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघसंस्थाले सहयोग घोषणा गर्ने क्रम जारी छ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलदेखि बैंक, बीमा कम्पनी, उद्योग तथा निजी क्षेत्रसम्मले आर्थिक तथा राहत सामग्री सहयोगको घोषणा गरेका छन्।


ADVERTISEMENT

# # #


भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । बाढीपीडितका लागि भारतले थप ३७.५ टन राहत सामग्री नेपालमा आइपुगेको छ । औषधि, खाद्यान्न तथा अन्य मानवीय सहायता १० टन राहत सामग्री बोकेको विमान काठमाडौं आएको थियो।

कोशी प्रदेश सरकारको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले राहत तथा उद्धारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले ५ करोड, आईएमई लाइफ इन्स्योरेन्सले १ करोड, एक्स्ट्रिम इनर्जीले १ करोड, एनसेलले १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ। एनसेलले प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनसम्म भ्वाइस, डेटा र १०० निःशुल्क उपलब्ध गराएको जनाएको छ।

यता कामना सेवा विकास बैंकले १० लाख संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र कर्मचारीको एक दिनको तलबबाट १५ लाख गरी २५ लाख, शिवशक्ति ग्रुपले ५१ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि ५१ लाख, म्याक्सस नेपालको ७० लाख र नेपाल चेम्बर अफ कमर्सले पनि उद्धार, राहत तथा पुनःस्थापनाका लागि अभियान अघि बढाएको छ। चेम्बरले प्रभावित जिल्लामा नगद तथा जिन्सी राहत उपलब्ध गराउनुका साथै ५० केजी पेलोड क्षमताको ड्रोन, सर्भिलेन्स ड्रोन र १२५ वटा पावर बैंक उपलब्ध गराएको जनाएको छ।

थप राहत सामग्री र उद्धार उपकरण पठाउने तयारीसमेत भइरहेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। विपद्को कठिन समयमा सरकार, निजी क्षेत्र, संघसंस्था तथा नागरिकको सहकार्यले प्रभावित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।</p>