काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीहरुले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता असुली नियमित प्रक्रिया भएको भन्दै राज्यलाई तिर्नुपर्ने पैसाबाट कोही पनि उम्किन नपाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले हरेक बर्ष असार, साउन र भदौ महिनामा उर्जा प्रवाहमा धेरै चूनौतिहरु आउने गरेपनि यस बर्ष मर्मतको कार्यलाई छिटो र प्रभावकारी बनाइएको जानकारी दिएका छन् ।

बिगतमा तीन महिना चुनौतीपूर्ण देखाएको भएपनि यसलाई नै बहाना बनाएर बस्ने छुट प्राधिकरणलाई नभएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री श्रेष्ठले यस वर्षदेखि प्रणालीको स्तरउन्नति गर्नका लागि आवश्यक बजेट र कार्यक्रमहरू राखिएको उल्लेख गरेका छन् ।