काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ।


ADVERTISEMENT


बैंकले आफ्ना १४८ शाखामार्फत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्ति तथा विभिन्न समुदायका करिब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बचत, बैंकिङ सेवा, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, नगद कारोबारको सुरक्षित व्यवस्थापन तथा वित्तीय अनुशासनका विषयमा जानकारी दिइएको थियो।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोग गरेको जनाएको छ। यस क्रममा सुर्खेतको साक्रेगाड गाउँपालिकास्थित श्री हिमज्योति माध्यमिक विद्यालयका १९६ जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरिएको छ।

बैंकले यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ उपाधि प्राप्त गरेको उल्लेख गर्दै नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजिटल बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ जस्ता नवीन बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

हाल बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।