काठमाडौं- महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ।


ADVERTISEMENT


बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक विकास, मानव सेवा तथा परोपकारका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


ADVERTISEMENT

# # #


यसअन्तर्गत झापा, बागलुङ, मकवानपुर र चितवनका विभिन्न विद्यालयमा आधुनिक शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। त्यस्तै, कञ्चनपुरस्थित श्री कृष्ण आधारभूत विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ८० थान विद्यालय झोला वितरण गरिएको बैंकले जनाएको छ।

बाराको सिमरा कलेजलाई शैक्षिक गतिविधिलाई थप प्रविधिमैत्री बनाउन एक थान ल्यापटप हस्तान्तरण गरिएको छ। यस्तै, बझाङको शिक्षोदय माध्यमिक विद्यालयको किशोरीमैत्री सूचना केन्द्रका लागि आवश्यक स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरिएको छ।

पाल्पाको श्री भैरवनाथ मन्दिर परिसरमा फोहोर व्यवस्थापनका लागि १० थान डस्टबिन उपलब्ध गराइएको बैंकले जनाएको छ। मकवानपुरको राष्ट्रिय माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी संरचना निर्माणका लागि पनि आर्थिक सहयोग प्रदान गरिएको छ।

त्यसैगरी, रौतहटस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, हालै काठमाडौंको ज्ञानेश्वरमा डिजिटल हबसहितको कफी लाउन्ज सञ्चालनमा ल्याएको पनि बैंकले जानकारी दिएको छ।