काठमाडौं-  गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ।


ADVERTISEMENT


बैंकले गरिमा प्रिपेड डलर कार्ड (Garima Prepaid Dollar Card), गरिमा POS टर्मिनल (Garima POS Terminal) र गरिमा इन्टरबैंक QR टेलर (Garima Interbank QR Teller) सेवाको औपचारिक शुभारम्भ गरेको हो।


ADVERTISEMENT

# # #


बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ।

त्यस्तै, गरिमा POS टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। यस सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

यस्तै, गरिमा इन्टरबैंक QR टेलर सेवाबाट फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट गरिमा इन्टरबैंक QR स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्।

गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्राहकलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यअनुसार आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने जनाएको छ।

ISO 9001:2015 र ISO 27001:2022 प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।