काठमाडौं- एनसेलले आफ्ना ग्राहकका लागि ‘शेक एन्ड विन’ नामक नयाँ डिजिटल अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले एनसेल एप खोलेर आफ्नो मोबाइल फोन हल्लाएपछि विभिन्न सरप्राइज उपहार तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।


ADVERTISEMENT


डिजिटल सेवा र एनसेल एपको प्रयोगलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस अभियानमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। ग्राहकले हरेक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


एनसेलका अनुसार ‘शेक एन्ड विन’मार्फत ग्राहकले निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच, विशेष डाटा प्याक, पार्टनर कम्पनीका छुट कुपन, लाइफस्टाइल सामग्री तथा यात्रा र साहसिक गतिविधिमा विशेष छुटलगायत विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत (Chief Consumer Business Officer) उपाङ्ग दत्ताले ग्राहकलाई सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो सुविधा ल्याइएको बताए। उनका अनुसार ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक समावेश गरिएको गेमिफाइड फिचर हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहार जित्ने अवसर प्रदान गर्छ।

कम्पनीले यस्ता अभियानमार्फत एनसेल एपसँग ग्राहकको संलग्नता बढाउने, डिजिटल सेवाको प्रयोग विस्तार गर्ने र एपमा उपलब्ध सेवाहरूको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।

एनसेलले आफ्नो डिजिटल–फर्स्ट रणनीतिअनुसार ग्राहक–केन्द्रित, नवीन र सहज डिजिटल सेवा विकासलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै ‘शेक एन्ड विन’ अभियानले नियमित एप प्रयोगलाई बढावा दिनुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना अझ विस्तार हुने विश्वास व्यक्त गरेको छ।