काठमाडौं- साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई प्रयोग गरी नेपालमा रेमिट्यान्स पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाइडी अटो १ इलेक्ट्रिक (ईभी) कार जितेका छन्।


ADVERTISEMENT


काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरेका हुन्।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट औपचारिक माध्यमबाट पठाइने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै नेपालमा रहेका परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले आइएमई र टिक्मोले सञ्चालन गरेका यस्ता योजनाले विदेशमा श्रम गरिरहेका नेपालीको सपना साकार पार्न समेत सहयोग पुगेको उल्लेख गरे।

त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्वभर श्रम गरिरहेका नेपालीहरूको विश्वासलाई सम्मान गर्दै सुरक्षित, छिटो र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउन आइएमई निरन्तर प्रतिबद्ध रहेको बताए।

आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन गरिएको थियो। योजनाको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित र औपचारिक डिजिटल माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन प्रोत्साहन गर्नु थियो।

यस अभियानअन्तर्गत पहिलो चरणमा १२ जनाले आइफोन १७ र दुई जनाले इलेक्ट्रिक स्कुटर जितेका थिए। दोस्रो चरणमा हरेक हप्ता पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने बम्पर उपहारअन्तर्गत अभिषेक कालाखेतीले बीवाइडी अटो १ ईभी कार जित्न सफल भएका हुन्।

यसैबीच, आइएमई र टिक्मोले नयाँ संयुक्त योजना पनि सार्वजनिक गरेका छन्। साउन १७ देखि कात्तिक १४, २०८३ सम्म सञ्चालन हुने योजनाअन्तर्गत साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जनाले आफूले पठाएको रकमको दुई गुणासम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म तथा बम्पर योजनामा दुई जना भाग्यशाली विजेताले पाँच गुणासम्म पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।

आइएमईका अनुसार नयाँ अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित र औपचारिक माध्यमबाट डिजिटल रेमिट्यान्स पठाउन थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।