काठमाडौं- शिक्षामन्त्री सस्मिता पोखरेलविरुद्ध बुधबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव कार्यक्रममा युवाहरूले प्रदर्शन गरेका छन्।


ADVERTISEMENT


वार्षिकोत्सव समारोहमा सहभागी हुन कीर्तिपुर पुगेकी शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए। प्रदर्शनका क्रममा केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरूले विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्न, शैक्षिक संस्थामा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न तथा विश्वविद्यालयको नेतृत्व राजनीतिक प्रभावबाट मुक्त बनाउन माग गरेका छन्।

उनीहरूले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्। विश्वविद्यालयको नेतृत्व शैक्षिक योग्यता र स्वतन्त्र प्रक्रियाबाट चयन हुनुपर्ने उनीहरूको भनाइ छ।

प्रदर्शनका कारण केहीबेर कार्यक्रमस्थलमा तनावको अवस्था सिर्जना भए पनि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै स्थिति नियन्त्रणमा लिएको जनाएको छ। कार्यक्रम भने निर्धारित तालिकाअनुसार सञ्चालन भएको थियो।