काठमाडौं- टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ ‘टीभीएस अर्बिटर’ स्कुटर सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र आरामदायी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटर परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ टीभीएस अर्बिटरमा इन्डिकेटरसहितको एलईडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प, यूएसबी चार्जिङ पोर्ट तथा सन्तुलित र मजबुत बडी जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। कम्पनीका अनुसार यी विशेषताले दैनिक यात्रालाई थप सुरक्षित, सहज र आत्मविश्वासपूर्ण बनाउनेछन्।
स्कुटर नियोन सनबर्स्ट (Neon Sunburst), कस्मिक टाइटेनियम (Cosmic Titanium) र मार्सियन कपर (Martian Copper) गरी तीन आकर्षक रङमा उपलब्ध हुनेछ।
टीभीएस मोटर कम्पनी विश्वका अग्रणी दुई तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनीमध्ये एक हो। भारत र इन्डोनेसियामा रहेका अत्याधुनिक उत्पादन केन्द्रमार्फत कम्पनीले विश्वका विभिन्न मुलुकमा आफ्ना सवारीसाधन उपलब्ध गराउँदै आएको छ।
एक सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीले नवप्रवर्तन, गुणस्तर र दिगोपनलाई प्राथमिकता दिँदै उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीले प्रतिष्ठित डेमिङ पुरस्कार (Deming Prize) प्राप्त गर्ने एकमात्र दुईपाङ्ग्रे सवारी निर्माता कम्पनीको रूपमा पनि आफ्नो परिचय बनाएको छ।
त्यसैगरी, जेडी पावर (J.D. Power) का गुणस्तर तथा ग्राहक सन्तुष्टि सम्बन्धी सर्वेक्षणमा पनि टीभीएसले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको कम्पनीले जनाएको छ। हाल टीभीएस मोटर कम्पनीका उत्पादनहरू विश्वका ९० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्।



























































