सर्लाही – सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT

# # #


उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वार्टरबाट पक्राउ गरिएको आयोगले जनाएको छ। सो क्रममा घुस रकमसहित स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।