काठमाडौं – चीनबाट आयात भएको विद्युतीय इभी गाडी शनिबार साँझ भोटेकोसीमा खस्दा सवारीसाधन सहित चालक बेपत्ता भएका छन ।


ADVERTISEMENT


सवारीसाधन सँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


सवारी साधन भन्सार जाँच पास गराई काठमाडौँ लैजाने क्रममा गोसाइँकुण्ड गाउँपालिका पाँच स्याफ्रुबेँसीको दक्षिण चलिमे जलविद्युत् केन्द्र अगाडि भोटेकोसीमा खसेको थियो । घटनाको सूचना पाउना साथ जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी सहितको टोली खोज तथा उद्धारमा लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद अधिकारीले बताए ।

यसैक्रममा रसुवा भ्रमण रहेका गृहमन्त्री सुदन गुरुङले दुर्घटना स्थल पुगेर खोज तथा उद्धारका लागि निर्देशन दिइएको छ ।