रसुवा- चीनबाट आयात गरिएको विद्युतीय (इभी) गाडी शनिबार साँझ रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता भएका छन्।


ADVERTISEMENT


बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गाडीसहित चालक नदीमा बेपत्ता भएका हुन्।


ADVERTISEMENT

# # #


भन्सार जाँच पास गरी काठमाडौं ल्याइँदै गरेको उक्त इभी गाडी गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीको दक्षिणतर्फ रहेको चिलिमे जलविद्युत् केन्द्र अगाडि भोटेकोसीमा खसेको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको टोली घटनास्थलमा पुगेर चालकको खोजी तथा उद्धार कार्यमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।

यसैबीच, रसुवा भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङ पनि घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।