काठमाडौं – महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), भारतद्वारा प्रदान गरिने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा बैंकलाई डिजिटल बैंकिङ विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृष्ट योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो।
बिमस्टेक क्षेत्रका भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंकहरू सहभागी कार्यक्रममा प्राप्त यस सम्मानले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान थप सुदृढ हुने विश्वास बैंकले जनाएको छ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा विस्तार गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।



























































