कञ्चनपुर– नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।


ADVERTISEMENT


भारत सरकारको आर्थिक सहयोग करिब नेरु १.९ करोड लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । नेपालको कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।


ADVERTISEMENT

# # #


कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।