काठमाडौं – नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।




























































