काठमाडौं – सहकारी पीडितहरुले आफुलाई न्याय दिनुपर्ने भन्र्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले पीडितलाई न्याय दिइयोस, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस, छिटो न्याय दे लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

साथै उनीहरुले आफुहरुको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् । सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण ¥यालीपछि थप सशक्त रूपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।