काठमाडौं – वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले बुधबार पनि प्रदर्शन गरेका छन् ।
देशका विभिन्न भागबाट काठमाडौँ आएका पीडितहरूले लघुवित्त तथा बित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतिघरमा सामुहिक आमरण अनशन सहित दोश्रो दिन पनि प्रदर्शन गरेका हुन् । लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको पीडितहरुको भनाइ छ । पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्कने जनाएका छन् ।































































