काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएको छ ।


ADVERTISEMENT


सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सरकार जनताको अभिभावक भएकाले प्रधानमन्त्रीले तीनवटै सरकारसँग संवाद गरेर शान्ति एवं सद्भाव कायम गर्नेतर्फ लाग्नुपर्ने बताएको हो ।


ADVERTISEMENT

# # #


उनले संकटको समयमा सरकार केवल बन्दुक, लाठी र सामाजिक सञ्जालको ’स्टाटस’मा मात्र सीमित हुन नहुने उल्लेख गरे । कुनै पनि आवेग वा उत्तेजनामा नआई धैर्यता र संयमताका साथ संवाद गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।

सभापति थापाले खासगरी मधेशमा साना–तिना घटनामा पनि अतिरिक्त बल प्रयोग गर्ने राज्यको मानसिकता÷शैलीको आलोचना समेत गरे ।

सभापति थापाले घटनाको निष्पक्ष छानबिनका लागि संसदमा कुरा उठाउने र संकटको बेला सरकारलाई अप्ठ्यारो नपारी सहकार्य गर्न तयार रहेको स्पष्ट पारिएको जानकारी दिए ।