काठमाडौं – ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेकी प्रतिवादी गौरी प्रभा श्रेष्ठ पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुर नगरपालिका–९, कमलबिनायकबाट पक्राउ गरेको हो।


ADVERTISEMENT


प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४, कलंकी स्थायी घर भएकी ५६ वर्षीया श्रेष्ठलाई मिति २०८३ साउन ११ गते पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।


ADVERTISEMENT

# # #


उनीमाथि वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोप छ। प्रहरीका अनुसार प्रहरी वृत्त कालिमाटीमा दर्ता भएको अर्को ठगी मुद्दामा समेत उनले रोशनी तारा बज्राचार्यबाट २ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरिएको जनाएको छ भने घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।