काठमाडौं – कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


देवानगन्ज घटनाका सम्बन्धमा बुधबार विराटनगरमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा प्रदेश सरकारको निर्णयबारे जानकारी गराउदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनामा घाइते भएकाहरुलाई ५०-५० हजार रुपैया र आगजनी गरिएका घरपसलका परिवारलाई अधिकतम ५० हजार रुपैया सम्म राहत उपलब्ध गराउने समेत जानकारी दिए । उहाले जिल्ला प्रशासन कार्यालयको सिफारिश अनुसार राहत उपलब्ध गराइने बताए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई एकजुट बनाई राख्न राजनैतिक दलहरुको सहभागितामा सद्भाव ¥याली आयोजना गर्न र सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउन आग्रह समेत गरे ।

देवानगन्जमा भएको घटनालाई लक्षित गरी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सो सर्वपक्षिय बैठकले बिभिन्न ८ बुँदे निर्णय समेत गरेको छ । बैठकले आगामी दिनमा हुन सक्ने धार्मिक, जातिय र सामाजिक द्वन्द्व अन्त्य गर्न रणनीति बनाउने निर्णय गरेको छ ।