काठमाडौं- प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। सुनसरीमा हालै भएको घटनापछि उत्पन्न परिस्थितिका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।


ADVERTISEMENT


प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनमा सुनसरी घटनापछिको समग्र सुरक्षा अवस्था, सामाजिक सद्भाव, कानुनी शासनको प्रत्याभूति तथा सरकारले अवलम्बन गर्ने आगामी रणनीतिबारे प्रधानमन्त्रीले आफ्नो धारणा राख्नेछन्।


ADVERTISEMENT

# # #


पछिल्ला केही दिनयता सुनसरी घटनालाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवालाले सरकारसँग स्पष्ट धारणा र प्रभावकारी कदमको अपेक्षा गरिरहेका छन्। यही सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ।

प्रधानमन्त्रीले सम्बोधनमार्फत शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमित हुन आह्वान गर्ने अपेक्षा गरिएको छ। साथै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र प्रभावित परिवारप्रति सरकारको प्रतिबद्धताबारे पनि धारणा व्यक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ।