काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको धार्मिक तथा सामाजिक तनावलाई मध्यनजर गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन्।


ADVERTISEMENT


शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग सामाजिक सद्भाव कायम राख्ने विषयमा संवाद गरिएको छ। त्यसपछि विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि लामिछानेले छलफल गरेका छन्।


ADVERTISEMENT

# # #


छलफलका क्रममा सुनसरी, सिराहालगायतका जिल्लामा भइरहेको प्रदर्शन र बढ्दो तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्न धार्मिक नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ। धार्मिक अगुवामार्फत समुदायमा संयम, सहिष्णुता र आपसी विश्वासको सन्देश प्रवाह गर्न लामिछानेले आग्रह गरेका छन्।

रास्वपाले पछिल्ला दिनहरूमा राजनीतिक संवादसँगै धार्मिक र सामुदायिक नेतृत्वसँगको समन्वयलाई पनि प्राथमिकतामा राख्दै सामाजिक सद्भाव कायम गर्ने प्रयासलाई अघि बढाएको जनाएको छ।