काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय उत्पन्न तनाव र त्यसको समाधानका उपायबारे छलफल भइरहेको छ।


ADVERTISEMENT

# # #


छलफलमा डा। सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामके शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत मधेश केन्द्रित दलका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा पछिल्ला घटनाक्रम, शान्ति–सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा संवादमार्फत समस्या समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।