काठमाडौं – सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् ।


ADVERTISEMENT


गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिआईबीले गरेको चार महिना लामो अनुसन्धानको क्रममा पनि कुनै चिज फिला नपरेको हो । अर्याललाई सिआईबीले चैत्र २२ गते नै रिहा गरेको थियो । रिहा भएपनि अनुसन्धान अवधीभर काममा नफर्कने भनेर अर्याल कार्यालयमा आएका थिएनन् ।

अनुसन्धान गर्ने निकायबाट सफाई पाएसँगै अर्याल नियमित काममा फर्केका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आईपिओ शेयर अन्तर्गतको कर्मचारीको भागमा पर्ने शेयर बाँडफाँडमा गडबढी गरेको उजुरीमाथि छानविन गरेको थियो । तर, सिआईबीले कुनै गडबढी फेला पार्न नसकेपछि क्लीयरेन्स दिएको बुझिएको छ ।