काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो।
अभियानका पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा र तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ।
विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए।
यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्र समेत सार्वजनिक गरिएको छ। उक्त योजनामा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन्।
कम्पनीले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीन, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियान सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।


























































