काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा  जोड दिएकी छिन् ।


ADVERTISEMENT


सोमबारदेखि काठमाडौँमा सुरु तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन उद्घाटन गर्दै मन्त्री गौतमले घर वा विद्यालयमा बोलेर मात्र मातृभाषा जोगिन नसक्ने भएकाले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिएकी छिन् ।


ADVERTISEMENT

# # #


मन्त्री गौतमले नेपालका दूरदराजका नागरिकहरू अझै पनि राज्यका सूचनाहरूको सहज पहुँचबाट टाढा रहेकाले त्यो दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेको उल्लेख गरेकी छिन्। उनले पत्रकारिता क्षेत्रमा महसुस भएका समस्या वा असन्तुष्टिहरूको कारण पहिचान गर्न सबैले आत्मसमीक्षा गर्दै सुधारको बाटोमा लाग्नुपर्ने धारणा राखेकी छिन् ।

पत्रकारहरूलाई आफ्ना मातृभाषा र समुदायका मानिसहरूसम्म सूचना पुर्याउन गर्वका साथ आफ्ना भाषा प्रयोग गर्न उनले आग्रह गरेकी छिन् ।

‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा मातृभाषा पत्रकारिता लगाएत बिभिन्न सत्रहरुमा छलफल हुने आयोजक नेपाल आदवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले जनाएको छ ।