काठमाडौं- सरकारले बिभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संशोधन विधेयकमार्फत विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्या सम्बन्धी व्यवस्थालाई सरलीकृत गरी मेलमिलाप प्रक्रियालाई सहज बनाइने बताएकी छिन् ।

मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्दै ’प्रदेश मेलमिलाप समन्वय समिति’ र ’जिल्ला मेलमिलाप समन्वय समिति’ गठन गरिने उनले बताएकी छिन् ।

साथै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।