काठमाडौं – सार्बजनिक लेखा समितिमा निर्बाचन प्रहरीको पोशाक लगायतका सामाग्रीमा घोटाला बारे बेनामी उजुरी उपर छलफल चल्दा समितिमै गरमागरम भएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठक बेनामी उजुरी उपर छलफल थियो।उक्त छलफल मा गृह सचिब , दुबै संगठनबाट प्रहरी महानिरीक्षक र गृहमन्त्री समेत लाई बोलाइएको थियो तर गृहमन्त्री भने उपस्थित भएनन।
छलफल को शुरुआत सभापति भरत बहादुर खड्काले गरेका थिए।सुरुमा निवेदन बाचन गरिएको थियो भने पछि गृह सचिब र दुबै प्रहरी महानिरीक्षकले आफ्नो उजुरी सम्बधी धारणा राख्दै स्पष्ट पारेर कुनै अनियमितता नभएकी विशेष परिस्थितिमा चुनाब भएको ले हतारमा निर्णय गर्नु पर्दा सार्बजनिक खरिद ऐन पालना हुन नसकेको र कतिपय ठेक्का नै रोकिएको अदालत को निर्णय आउन बाकी रहेको बताएका थिए।
तत्पश्चात सत्तारुढ दलका साम्सद खगेन्द्र सुनारले सबै दोषी रहेकोले सबैलाई निलम्बन बर्क्गास्त र जिम्मेवारी बाट हटाएर अनुसंधान अघि बढाउनु पर्ने आक्रोश पुर्ण अभिव्यक्ति दिएका थिए। खगेन्द्र सुनारको अभिव्यक्ति उपर शुरुमा आपत्ति जनाउदै सुरक्षा निकाय उपर सम्यमित तरिकाले आफ्ना कुरा राख्न , गम्भीर हुन र गलत छ भने कानुनी कारबाहीमा जान सकिने माननीय खुस्बु वलि ले बताएकी थिइन।त्यसपछी मनिस झाले आफ्नो कुरा लामो राख्दै गलत भए नभएको छानबिन गर्नु पर्ने तर अहिले नै आरोपित गर्न नमिल्ने प्रहरी मा धेरै तरिकाले उजुरी पर्ने कतिपय कम्पेटिटिभ वालाले पनि हाल्ने र कतिपय अबस्थामा टेन्डर नपर्ने वालाले पनि सुनियोजित रुपमा हाल्न सक्ने हुदा गम्भीर भएर छानबिन गर्न सक्नु पर्ने बताएका थिए।
साम्सद गोविन्द पन्थीले सुरक्षा निकायका पदाधिकारी लाई शुरु मै बेनामी उजुरी पर्ना साथ बोलाएर सोध पुछ गर्नु भन्दा पहिला उजुरी सम्बन्धी प्रारम्भिक छानबिन गर्ने र छानबिन प्रतिबेदन उजुरी लाई टेवा पुर्याउने खाले प्राप्त भए मात्र सम्बन्धित अधिकारी लाई बोलाएर सोधपुछ गरेर प्रक्रिया अगाडि बढाउनु मात्र बैज्ञानिक हुन्छ। सुरक्षा जस्तो संबेदनसिल अङ्ग लाई बुझिएको, हुन सक्ने जस्ता कथा बुनिएका बेनामिकै आधारमा शुरुमै बोलाएर आरोपित गर्नु , निलम्बन माग गर्नु ,छानबिन गर्दा बर्दी खोल्नु पर्ने जस्ता अभिव्यक्तिले सुरक्षा निकायको तल्लो तहको समेत मनोबल गिराउने र जनतामा समेत आशन्का जन्माउने हुदा सबै जिम्मेवार हुनु पर्ने बताए।कहि गलत भएको छ र छानबिन बाट त्यस्तो देखिन्छ भने गलत गर्ने बिरुद्द हामी निर्मम हुनु पर्छ ।
उक्त बेनामी उजुरी माथी टिप्पणी गर्दै उनले भनेका छ्न निर्बाचन प्रहरीको खातामा पोशाक लगायत सामाग्रीको लागि रकम हालिएको छ भने ती कर्मचारीले उजुरी हालेका छ्न वा उनीहरु ले उचित सामाग्री पाएकी पाएनन छानबिन गर्न सकिन्छ ।
यदि बेनामी उजुरिको आधारमा सबैले राजिनामा दिने र मागिने हो भने धेरै ब्यक्ती र अधिकारी बिरुद्द बेनामी निबेदन परेको हुन सक्ने हुदा सायद कमै पदाधिकारी मात्र बच्ने माननीय गोविन्द पन्थिले बताएका छ्न।आरोप लाग्दैमा राजिनामा माग्नु पुर्ण गलत भएको र चर्को स्वरमा जिम्मेवार निकायका अधिकारिको तेजोबोध गर्न नहुने माननीय बिक्रम सिंह थापाले बताए ।
खगेन्द्र सुनारले शुरुमै चर्को स्वरमा गृह सचिब , दुबै संगठनका बर्तमान प्रहरी महानिरीक्षक र पुर्ब महानिरीक्षक र पुर्ब गृहमन्त्री ओम प्रकाश अर्याल लाई समेत तत्काल ठिङ्याउनु पर्ने बताएको मा प्राय अन्य साम्सदले निजको समर्थन नगरे पछि साम्सद खगेन्द्र सुनारले आफू यो समितिमा नबस्ने र हटाउन भन्दै उनी साम्सद छाड्न लाग्दा माननीय बर्षमान पुनले प्रश्न तेर्साएर भाग्न नपाइने हामी पनि गरिब दलित को पक्षमा भएको बताएका थिए।पुन जबाफ दिने क्रममा प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले सबै दुधले नुहाएर आए जस्तो गरि आफुहरु बिरुद्द तेजोबोध गरिएको अपमान भएको आफुहरु सम्मानित समितिमा जबाफ दिन आएको गलत गरेको भए आफुहरु बिरुद्द सम्वन्धित निकायले छानबिन गरेर कारबाही गर्दा मन्जुर छ भन्दै उजुरी कै भरमा प्रारम्भिक अनुसंधान नगरी कारबाही गर्ने हो भने आफुहरुले पनि फाइल खोल्ने त्यस्ता धेरै उजुरीहरु रहेको तर अहिले प्रहरीले पहिला सुन्ने अनि थुन्ने अनुसंधान पद्दती अपनाएको भन्दै खरो जबाफ दिदा एक छिन समितिमा भनाभन समेत भएको थियो।



























































