धनुषा – धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ। आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।


ADVERTISEMENT


बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसनकुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले भविष्यमा जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।


ADVERTISEMENT

# # #


सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी मदिरा उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ।

हाल कम्पनीले मुख्य रूपमा प्रिमियम ब्रान्डका ‘मुस्ताङ गोल्ड’ ह्विस्की र ‘मुस्ताङ’ भोड्का उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ। आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको कम्पनीले उत्पादन विविधीकरण तथा विस्तार गर्दै नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुने लक्ष्य लिएको जनाएको छ।