काठमाडौं – जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारिएको छ।


ADVERTISEMENT


यसअघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीको हिरासतमा राखिएको थियो। प्रहरीका अनुसार पत्रकार श्रेष्ठलाई हाल महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ।


ADVERTISEMENT

# # #


समाचार प्रकाशनको विषयलाई लिएर एक महिलाले व्यक्तिगत गोपनीयता भंग भएको आरोपमा उजुरी दिएपछि श्रेष्ठलाई यही साउन २७ गते राति कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो। बिहीबार अदालतले श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसैबीच, श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बरामद सामग्रीसहित श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठलाई हिरासतमा सारिएको विषयसँगै सर्वोच्चको आदेशअनुसार अब उनलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।