धनगढी – सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।
भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मियँ समक्ष दाबी प्रस्तुत गरेका थिए ।
कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नेकपाका एक सांसदकाअनुसार भट्टको नियुक्तिसँगै आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ । एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मध्ये एउटा मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ । ३१ असारमा एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।




























































