काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।


ADVERTISEMENT

# # #


उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हिजो काठमाडौं आएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन् ।

भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको छ ।