काठमाडौं – सस: त्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा वैध परिचयपत्र भएका ग्राहकले सस् त्वा हस्पिटालिटीका सेवा तथा सुविधामा विशेष छुट पाउनेछन्। सम्झौतामा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कुपण्डोल शाखा प्रमुख रश्मि महर्जन र सस् त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले सस् त्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा लिन ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ।



























































