काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले मुलुकको विकास यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख आर्यालले विकासको लामो यात्रामा केही समय लाग्न सक्ने यथार्थलाई स्वीकार गर्नुपर्ने बताए  ।

उनले समाजमा नकारात्मक सन्देश फैलाउने काम गर्न नहुने भन्दै नकारात्मकताले देशलाई पुनः असफलतातर्फ धकेल्ने खतरा रहने धारणा राखेका छन्।

सभामुख आर्यालले इतिहासमै पहिलोपटक सरकार र प्रतिनिधिसभाले बलियो जनादेश पाएको उल्लेख गर्दै अहिलेको सरकार र संसद्लाई असफल हुने छुट नरहेको बताएका छन्।

विगतमा कानुन निर्माणका क्रममा छुटेका सरोकारवालालाई आगामी दिनमा नीति–निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा समेट्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

देशको भूगोल र चेतनालाई सुहाउने उत्कृष्ट कानुन निर्माण गर्दै भावी पुस्ताका लागि बस्नलायक देश बनाउन सरकार, संसद् र सबै सरोकारवाला मिलेर अहोरात्र काम गर्नुपर्ने उनको भनाइ छ।