काठमाडौं- मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार विदाइ गरिएको छ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपाली टोलीलाई विदाइ गरेको हो। नेपाली टोलीले भारतमा केही दिन तयारी तथा अभ्यास गरेपछि त्यहाँबाटै मलेसिया पुगेर एसीसी प्रिमियर कप भएको छ।


ADVERTISEMENT

# # #


एसीसी प्रिमियर कप अगस्ट २९ गतेदेखि मलेसियामा सुरु हुँदैछ। विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका कमजोरी र गल्तीबाट पाठ सिक्दै आगामी खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

टोलीमा अनुभवी तथा युवा खेलाडीको उत्कृष्ट मिश्रण रहेकाले आगामी प्रतियोगिता रोमाञ्चक हुने उनको विश्वास छ। विगतमा प्राप्त आलोचनालाई सकारात्मक रूपमा लिँदै मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत जवाफ दिने कप्तान लामिछानेले बताएका छन्।

मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि भारतमा हुने अभ्यासले विश्वकप लिग–२ का क्रममा पहिचान भएका कमजोरी सुधार गर्न तथा नयाँ योजनामा खेलाडीलाई विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए। मलेसियाको पिच र खेल्ने शैली नेपालका लागि केही हदसम्म अनुकूल रहेकाले प्रतियोगितामा टोलीलाई थप फाइदा पुग्ने उनको भनाइ छ।

क्यान सचिव पारस खड्काले नेपाली टोलीले भारतमा तयारी गरेपछि सिधै मलेसिया पुगेर प्रतियोगिता खेल्ने जानकारी दिएका छन्। उनले टोलीले राम्रो प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।