काठमाडौं – सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास प्रबन्धक तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा भदौ ३ गते आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास प्रबन्धक, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास प्रबन्धक तथा ‘इमर्जिङ सन क्लब’मा योग्य अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। साथै, मिलियन डलर राउन्ड टेबल ९एमडीआरटी० को सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्ताहरूलाई प्रोत्साहित गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान तथा व्यवसायिक छवि निर्माण गर्न सफल हुनुमा कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदान महत्वपूर्ण रहेको बताए।
उनले आगामी दिनमा अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने बताए। बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास प्रबन्धक, उत्कृष्ट अभिकर्ता, एमडीआरटी सदस्य, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको जनाएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।





























































