हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई, नेपाली कम्युनिस्ट पार्टीले दुई र राप्रपाले तीन मन्त्रालय पाउने भएका छन्।


ADVERTISEMENT


राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी भए पनि उनीहरूको मन्त्रालय भने टुंगिन बाँकी छ। राजु विष्टका अनुसार मन्त्रीहरूको शपथ आज अपराह्न ४ बजेका लागि तय गरिएको छ।


ADVERTISEMENT

# # #


तर, सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै तीव्र विवाद छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन जनाए पनि पार्टीको केन्द्रीय नेतृत्वले उक्त समर्थनलाई अस्वीकार गरेको छ।

राप्रपाका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुखलाई पत्र पठाउँदै पार्टीको समर्थनबिनै सरकार गठनको प्रक्रिया अघि बढाइएको दाबी गरेकी छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठले पनि व्यक्तिले दिएको समर्थनलाई दलको समर्थन मान्न नसकिने स्पष्ट पारेका छन्।

पार्टीको नीति विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई स्पष्टीकरणसमेत सोधेको छ। उनलाई कारबाही गर्ने तयारी भइरहे पनि थापाले भने सरकार गठन र शपथ प्रक्रिया नरोकिने बताउँदै आएका छन्।