काठमाडौं- शंखमुलस्थित भ्याली होस्टलमा २२ वर्षीय युवकको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आरोपमा कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई सार्वजनिक गरेको हो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार भदौ ५ गते बिहान दाङका २२ वर्षीय वसन्त कालाथोकीमाथि चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण, चक्कु प्रहारको परिस्थिति तथा पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।