काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ।


ADVERTISEMENT


‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको यस योजनामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त एसएमई कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


योजनाअन्तर्गत व्यवसायी तथा उद्यमीहरूले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ। मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने बैंकको विश्वास छ।