काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक सञ्चालन हुन नदिने अडान दोहोर्‍याएको छ।


ADVERTISEMENT


राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीको नियुक्ति संविधानसम्मत नभएको दाबी गर्दै थापामाथि गरिएको पार्टीको कारबाही कार्यान्वयन गर्न माग गरेकी छन्। उनले थापालाई सांसद पदबाट निलम्बन नगरेसम्म प्रदेश सभा बैठक अघि बढ्न नदिने चेतावनी दिएकी हुन्।


ADVERTISEMENT

# # #


पार्टीको निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको जनाएको छ। सोही विषयलाई लिएर राप्रपा प्रदेश सभामा आफ्नो अडान कडा रूपमा प्रस्तुत गर्ने तयारीमा छ।

यद्यपि, उद्धव थापामाथि गरिएको कारबाहीको विषयलाई लिएर राप्रपाभित्रै मतभेद देखिएको छ। पार्टीभित्रको आन्तरिक विवाद र प्रदेश सभामा देखिएको राजनीतिक असहमतिको प्रभाव बैठक सञ्चालनमा समेत पर्न सक्ने देखिएको छ।

राप्रपाले माग पूरा नभएसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि बागमती प्रदेश सभाको आगामी बैठकलाई लिएर राजनीतिक वातावरण थप पेचिलो बनेको छ।