काठमाडौं- नेपालीहरूको महान् चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड, मनकामना ग्रुप अफ कम्पनीजले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ अभियानअन्तर्गत उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण जित्ने अवसर पाउनेछन्।
योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी हुन जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेताबाट न्यूनतम ७५ हजार रुपैयाँ बराबरका उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा एक लक्की ड्र कुपन प्रदान गरिने कम्पनीले जनाएको छ।
लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ४ रात/५ दिनको लण्डन भ्रमण जित्नेछन्। त्यस्तै, ५ जनाले ८ केजी फ्रन्ट लोडिङ अटोमेटिक वासिङ मेसिन, ३५ जनाले ३ लिटरको इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले ३ जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल र ७५० जनाले आकर्षक वाल क्लक जित्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेको पसलबाट कुपन लिएर त्यसमा रहेको QR Code स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषणा भएपछि सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गरी उपहार दाबी गर्नुपर्नेछ।
विजेताले घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारणबाट गरिने कम्पनीले जनाएको छ। उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिनेछ।
जस्मिन पेन्ट्सले यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउँदै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखेको जनाएको छ। ‘नेपाली मनको रङ्ग’ भन्ने भावनालाई आत्मसात् गर्दै परिवारको खुसी, चाडपर्वको उमङ्ग र घरको नयाँपनसँग जोडिन अभियान अघि बढाइएको कम्पनीको भनाइ छ।
योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बर ९८०१५७११६६ मा सम्पर्क गर्न सकिनेछ।






























































