काठमाडौं- सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आईएमई बैंकले नाडा अटो शो २०२६ को अवसरमा विशेष अटो लोन सुविधा ल्याएको छ ।
बैंकका अनुसार व्यक्तिगत सवारीसाधन खरिदका लागि ग्राहकले न्यूनतम ५.१७ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले नाडा अटो शोमा रहेको बैंकको स्टलबाटै अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।
आवश्यक कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ । यसले अटो शोबाटै सवारीसाधन खरिद गर्ने ग्राहकलाई कर्जा प्रक्रियामा सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।
नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा अटोमोबाइल ब्रान्डसँगै बैंक तथा वित्तीय संस्थाहरूले समेत आफ्ना सेवा तथा कर्जा योजनाहरू प्रस्तुत गरिरहेका छन् ।






























































